दफा ११
बोर्डको कोष

(१) बोर्डको एउटा छुट्टै कोष हुनेछ ।
(२) बोर्डको कोषमा देहायका रकमहरु रहनेछन्
(क) नेपाल सरकारबाट प्राप्त अनुदान रकम,
(ख) कुनै विदेशी सरकार वा अन्तर्राष्ट्रिय संघ संस्थाबाट प्राप्त अनुदान रकम,
(ग) सहकारी संघ–संस्थाहरु, अर्ध सरकारी तथा गैर सरकारी संस्थाहरुबाट प्राप्त अनुदान रकम,
(घ) अनुसन्धान तथा परामर्श वापत प्राप्त शुल्क, र
(ङ) अन्य स्रोतबाट प्राप्त रकम ।
(३) विदेशी सरकार वा अन्तर्राष्ट्रिय संघ संस्थाबाट अनुदान रकम लिँदा नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्नेछ ।
(४) बोर्डलाई प्राप्त हुने सबै रकम नेपाल  भित्रको कुनै बैंकमा खाता खोली जम्मा गरिनेछ ।
(५) बोर्डद्वारा गर्नुपर्ने सबै खर्चहरु उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछ ।